‘प्रेमगन्ज’को शीर्ष गीत सार्वजनिक : एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन
इन्भेष्टाेपेपर । असार ११, २०७९
काठमाडौँ । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ। गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ।
तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन्। गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन्।
चलचित्रको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ। सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन्। अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन।
चलचित्रको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा चलचित्र एकसाथ प्रदर्शन हुँदैछ।
