एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सम्झाैता

इन्भेष्टाेपेपर ।  असार २५, २०७९

काठमाण्डाैँ । एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुसन प्रा. लि बीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुनेगरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु के .सी.ले हस्ताक्षर गर्नुभएको हाे ।

सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायि जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ ।

भविष्यमा दुवै संस्थाकाे सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी गराइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *