अबको तीन दिन झरी पर्ने सम्भावना छैन : मौसमविद्

इन्भेष्टाेपेपर ।  असार ३०, २०७९

काठमाण्डाैँ । काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ ।  मध्य र पूर्वी क्षेत्रमा अहिले घाम लागे पनि पश्चिमका केही ठाउँमा भने हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अबको तीन दिन लगातार झरी पर्ने सम्भावना छैन । तर, मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन भने मौसमविद्को आग्रह छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *