अन्नपूर्ण केबलकारको मनसुन अफर, ग्राहकलाई २० प्रतिशतसम्म छुट
इन्भेष्टाेपेपर । साउन ५, २०७९
काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारको शुक्रबारबाट पुनः सञ्चालन हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै अर्थात शुक्रबारदेखि संचालनमा आउने भएको हो ।
केबुलकारले आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि साउन ६ गतेदेखि भाद्र ३१ गतेसम्म २० प्रतिशतसम्म छुट दिने भएको छ । केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ ।
पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईड देखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ः०० बजे देखि सांझ ६ः०० बजे सम्म नियमित रुपमा संचालन हुनेछ ।
