मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

 इन्भेष्टाेपेपर ।  साउन ५, २०७९

काठमाण्डाैँ । WORLD CONFEDERATION OF BUSINESS- WORLDCOB द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “ द बिज अवार्ड २०२२” द्वारा मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको छ ।

विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट अवार्ड घाेषणा गर्ने गरिन्छ । सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने “ग्लोबल एसएमई अवार्ड २०२१” को SME Financier of The Year- Asia विधामा पनि बैंक सम्मानित भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *