प्रेस युनियनको मतगणनाः संस्थापन इतर समूह अगाडी

इन्भेष्टाेपेपर ।  साउन ८, २०७९

भरतपुर । नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका मतगणना चलिरहेको छ । बागमती प्रदेशको राजधानी हेटौडमा शनिबार भएको नवौँ महिधिवेशनको जारी मतगणनामा हाल ६ सय २ मतगणना सकिएको छ । पछिल्लो मत परिणाम अनुसार संस्थापन इतर समूहले अग्रता लिएको छ । 

अध्यक्षमा ४५ मतान्तरले संस्थापन इतर समूहका शिव लम्साल अगाडी हुनुहुन्छ । लम्सालले ३ सय १६ र संस्थापन पक्षबाट अनिता विन्दुले २ सय ७१ मत ल्याउनुभएको छ । बरिष्ठ उपाध्यक्षमा १७ मतान्तरले संस्थापन इतर समूहका प्रेम केसी अगाडी हुनुहुन्छ । केसीले २ सय ९५ मत, संस्थापन पक्षका सरोज अधिकारीले २ सय २८ मत ल्याउनुभएको छ ।

महासचिवमा संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० र इतर समूहका दिलीप पौडेलले ३ सय ८० मत प्राप्त गर्नुभएको छ । केन्द्रीय उपाध्यक्षमा बागमती तर्फबाट गिरिजाप्रसाद  अधिकराीले २ सय ९१, मुरारी अधिकारीले २ सय ८५ मत ल्याउनुभएको छ । यस्तै खुल्ला उपाध्यक्षमा २ पदका लागि नकुल अर्यालले ३ सय ४२, भीष्मराज ओझा २ सय ८०, राममणी दाहाल २ सय ५०, शेखर रेग्मी १ सय ८१  मत ल्याउनुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *