गुराँस लाईफ इन्स्योरेन्सद्वारा दावीभुक्तानीकाे चेक हस्तान्तरण

इन्भेष्टाेपेपर ।  साउन ८, २०७९

पाेखरा । गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड क्षेत्रीय कार्यालय पोखराले वीमा रकम दावीभुक्तानी वापत २१ लाख दुई हजार रुपैयाँको चेक रकम हस्तान्तरण गरेकाे छ ।

रु २० लाख बिमाङ्कको जीवन बिमा गर्नु भएका पर्वत जिल्ला माहाशिला गाउँपालिका वडा नम्बर १, स्थाई घर भई हाल पोखरा महानगरपालिका १५ बस्ने राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको उपचारका क्रममा असामयिक निधन भएको हुँदा उहाँको धर्मपत्नी मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले सयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाखबत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबनबीमाको दियो बाल्नुपर्ने बताउनुभयो। सो कार्यक्रममा बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीबनबीमाले ब्यक्तिनै फिर्ता ल्याउन नसके पनि उसको आम्दानीलाई बचाइराख्न जीबन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिनुभयो।

उक्त कार्यक्रममा कम्पनीका बरिस्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी लगायतको अन्य कर्मचारी र अभिकर्ताहरूकाे उपस्थिति रहेको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *