जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता

इन्भेष्टाेपेपर ।  साउन ११, २०७९

पाेखरा । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेजबिच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारीअधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजतर्फबाट प्रा. डा.रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

यस सम्झौतापश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सीमासम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टर प्रालिबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नु हुने छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *