राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक

इन्भेष्टाेपेपर ।  साउन १७, २०७९

काठमाण्डाैँ । राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ ।

सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् ।

यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निशुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरिनेछ । देशभरका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत यो मुद्दती खाता खोल्न सकिने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *