राष्ट्रपतिबाट गिरीको स्वास्थ्य स्थितिबारे चासो

इन्भेष्टाेपेपर ।  साउन २२ २०७९

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपतिका तर्फबाट उहाँका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर गिरी र उहाँको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाउनुभएको जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *