हिम्बा जनजातीका महिला जस्ले जीवनमा एक पटक मात्र नुहाउँछन् !

इन्भेष्टाेपेपर ।  असाैज २, २०७९

शरीर सफा राख्न र दुर्गन्धबाट बच्न हप्तामा कम्तिमा पनि हुई तीन पटक नुहाउने गरिन्छ । तर, अफ्रिकास्थित हिम्बा जनजातिका महिलाहरु जीवनमा मात्र एकपटक नुहाउँछन् ।

अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु जीवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा । यी समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म कि उनीहरु लुगा धुन पनि पाउँदैनन् ।

हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो विशेष खालका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो शरीरलाई सफा राख्दछन् ताकी शरीरबाट दुर्गन्ध नआओस् ।

प्रायः जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका जनावरको बोसो र हेमाटाइट नामक खनिजको धुलो मिसाई बनाएको लेदो लगाउँदछन् । हेमाटाइटका कारण नै उनीहरुको छालाको रंग रातो हुन्छ ।

यो लेपनले जिउलाई किराहरुले टोक्नबाट समेत जोगाउँछ । साथै पुरुषहरुबाट अलग देखिन पनि उनीहरु रातो रंग लगाउँछन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *