साञ्जेन जलविद्युतको आईपीओ विक्री खुला
इन्भेष्टाेपेपर । भाद्र ५, २०७९
काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ स्थानीय बासिन्दाकाे लागि जारी गरेको हो ।
यो आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयहरूले यो आईपीओ खरीदका लागि छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म विक्री खुला हुनेछ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओम खरीदका लागि साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयहरूका साथै मेरो शेयर वेवसाइट र एप मार्फत आवेदन दिन सकिनेछ ।
नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको छ । स्थानीयमा शेयर विक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६५ करोड कायम हुनेछ । कम्पनीको अधिकृत पूँजी रू. ३ अ र्ब ७५ करोड र जारी पूाजी रू. ३ अर्ब ६५ करोड रहेको छ ।
