साहित्य सन्ध्या सहभागिता पुरस्कार प्रदान

इन्भेष्टाेपेपर ।  भाद्र ५, २०७९

काठमाडौँ ।  वर्षभरि सञ्चालन हुने मासिक साहित्यिक शृङ्खलामा नियमित सहभागी हुने धनकुटाकी बिन्दु अधिकारी ढकाल र इलामका डम्बर पहाडीलाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ। 

यस्तै साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट कवि रेखा सुवेदी सम्मानित हुनुभएको छ भने ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’बाट ताप्लेजुङका डा. फणीन्द्रराज निरौला पुरस्कृत हुनुभएको छ। ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ रोल्पाकी निशा रोका र ‘साहित्य सन्ध्या कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार काठमाडौँका नारायणप्रसाद भण्डारीलाई प्रदान गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त कार्यक्रममा पत्रकार भैरव रिसाल, प्रा.डा. होमनाथ पौडेल, प्रा. जगतप्रसाद उपाध्याय, प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा.डा. कृष्णप्रसाद घिमिरे, साहित्य सन्ध्याका अध्यक्ष राम विनय लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। पुरस्कार छनोटका लागि प्रा.डा. कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा प्राज्ञ सुलोचना मानन्धर र साहित्यकार देवु लुइँटेल सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको थियो। (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *