विश्व हिन्दू परिषद् नेपालद्वारा सिलाई प्रशिक्षण

इन्भेष्टाेपेपर ।  भाद्र ८, २०७९

काठमाण्डौ ।  मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन ।

आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

भंगहा नगरपालिकाका विभिन्न वडाहरुबाट सहभागी प्रशिक्षार्थीहरुलाई भाद्र ६ गते एक कार्यक्रम बिच विश्व हिन्दू परिषद् नेपालका ट्रष्टी ओम प्रकाश सर्राफ, महोत्तरी जिल्ला अध्यक्ष वृजेश झा एवं धनुषा जिल्लाका पूर्व अध्यक्ष रघुनाथ साहको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

सफलतापूर्वक सिलाई प्रशिक्षण केन्द्र सञ्चालनका योगदान पुर्याउनुहुने केन्द्रका प्रशिक्षक महिमा सिंह एवं एकल विद्यालय अभियानका स्थानीय संचालन प्रमुख रामपरी रामलाई सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा विश्व हिन्दू परिषद्का तर्फबाट प्रदेश संगठन सचिव धनुषधारी पाण्डे, महिला प्रमुख सुनिता देवी ठाकुर, धनुषा जिल्ला उपाध्यक्ष अमन प्रसाद गुप्ता लगायत स्थानीय कार्यकर्ताहरु सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।

आगामी दिनमा महोत्तरीको औरही नगरपालिकामा समेत सिलाई प्रशिक्षण केन्द्र सञ्चालन गरिने परिषद्का प्रदेश संगठन सचिव धनुषधारी पाण्डेले बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *