नेपाल बैंकले सि-आस्वा शुल्क नलिने, निशुल्क गर्ने बैंकहरु ६ पुगे
इन्भेष्टाेपेपर । भाद्र १५, २०७९
काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आईपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सि-आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । भदौ १३ गतेको निर्णय अनुसार सम्पूर्ण सि आस्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
अव लगानीकर्ताले कम्पनीको कुनै पनि खाताबाट प्रथामिक शेयर, हकप्रद शेयरलगायतका विभिन्न धितोत्रत्रमा आवेदन दिंदा कुनै पनि शुल्क तिर्नु पर्दैन । यसअघि कम्पनीले सि आस्वा शुल्क रू. १० लिने गर्दथ्यो ।
हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
यस कम्पनीसँगै आस्वा शुल्क नलिने कम्पनीको सख्या ६ पुगेको छ । कुमारी बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले सि – आस्वा शुल्क लिदैनन् ।
