एनआईबिएल एस क्यापिटलले पायाे कोष व्यवस्थापकको अनुमती

इन्भेष्टाेपेपर ।  भाद्र २१, २०७९

काठमाण्डाैँ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष व्यवस्थापकको अनुमती प्राप्त गरेको छ ।

क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्तर्गत विभिन्न कोषहरु संचालन गर्ने उदेश्येका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो ।

विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि कोष व्यवस्थापकले कोष दर्ताको प्रकृया अगाडि बढाउने छ र इकाई बिक्री मार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्रका कम्पनीहरुका शेयर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्नेछ ।

लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गर्ने उदेश्य समेत क्यापिटलले राखेको छ । यसरी स्थापना भएको कोषले विभिन्न कम्पनीको शेयरमा लगानी गर्ने हुँदा, विषेशगरि साना तथा मझौला व्यवसायहरु तथा नवप्रवर्तनमा आधारित व्यवसायहरुलाई अत्यन्त लाभदायक हुने र समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जाने आशा समेत ब्यक्त गरिएको छ ।

नवप्रवर्तनमा आधारित कम्पनी तथा व्यवसायीहरु नेपालको झन्झटिलो कर्जा प्रक्रिया, धितोको अपर्याप्तता तथा महंगो व्याज आदि कारणले गर्दा आफ्नो व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा यस अनुमतिले नेपालमा लगानीको नँंया स्रोत स्थापित गरी उद्यमसिलताको प्रवद्र्धन हुने देखिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *