कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

इन्भेष्टाेपेपर ।  भाद्र २१, २०७९

काठमाण्डाैँ । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा भाद्र २० गतेका दिन कम्पनिको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भयो ।

उक्त सभामा कम्पनिको आ. व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत भयो ।

सभाले कम्पनिको हाल कायम चुक्ता पुँजि रु. ४०,००,००,०००।– को ५ प्रतिशतले हुन आउने रु. २,००,००,०००।– (अक्षरेपि रु. दुई करोड मात्र) नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *