चरम आनन्द लिनका लागि यसरी बनाउनुहोस् रोमान्टिक मुड

इन्भेष्टाेपेपर ।  भाद्र २१, २०७९

सुखद् याैन जीवनको लागि धेरै कुराहरू बुझ्न महत्त्वपूर्ण हुन्छ । सुखद् यौन जीवनको बिताउनेहरूले यौनको आनन्द लिन सक्छन् ।

सम्भाेगकाे लागि केही कुराहरु जान्न जरुरी हुन्छ, किनकि सुरुवात राम्रो भयो भने अन्त्य पनि रमाइलो हुन्छ । जब सेक्सको कुरा आउँछ, रोमान्स पनि सँगसँगै आउँछ । सेक्स भनेको यौन सम्पर्क मात्रै हुनु हुँदैन । यद्यपि, अधिकांश पुरुष प्रवेशमा ध्यान केन्द्रित गर्छन् । जसका कारण उनीहरुको यौन जीवनमा कुनै रमाइलो रहँदैन र चाँडै उनीहरु थकित हुन्छन् ।

यौन आनन्दका लागि यी कुरामा ध्यान दिएमा चरम आनन्द लिन सकिन्छ ।

धेरै समय दिनुहोस्

सेक्सका लागि एक समय महत्त्वपूर्ण कुरा हो । तपाईंले पार्टनरलाई जति धेरै समय दिनुहुन्छ, त्यति नै यौन आनन्द लिन सक्नुहुन्छ । रोमान्टिक मुड बनाउन समय आवश्यक हुन्छ । त्यसैले हतार नगरी पहिला आफ्नो पार्टनरसँग राम्रो समय बिताउने प्रयास गर्नुहोस् । यसले मुड बनाउन मद्दत हुन्छ ।

राम्रो कुरा गर्नुहोस्

सेक्सका लागि सकारात्मक हुन एकदम महत्त्वपूर्ण हुन्छ । दिमागलाई तनावमुक्त बनाउनका लागि राम्रो कुराकानी गर्नुहोस् । तपाईंले रोमान्टिक कुरा गर्ने, पार्टनरको प्रशंसा गर्ने अथवा पार्टनरसँग आफ्नो विगतको अनुभव सात्नुपर्छ ।

पार्टनरको हात समात्नुहोस्

पार्टनरको हात समातेर कुराकानी गर्नुहोस् । कतिपय मानिसहरु ओछ्यानमा जाने बित्तिकै अचानक काखमा टासिन्छन् । त्यसो गर्दा पार्टनरलाई मन नपर्न सक्छ । त्यसैले पार्टनरको हात समातेर कुराकानी गर्दै, शरीरलाई छुनुहोस् ।

कपाल सुमसुम्याउनुहोस्

महिलाले आफ्नो कपाल सुमसुम्याएको मन पराउँछन् । हात समात्नु बाहेक, तपाईं आफ्नो पार्टनरको कपालमा हातले सुमसुम्याउनु सक्नु हुन्छ । जसले मुड बनाउन सहयोग गर्दछ । यसले तपाईंको पार्टनरलाई राम्रो महसुस गराउनेछ । तर राति अबेरसम्म यसो गर्दा पार्टनरलाई निद्रा नलाग्न सक्छ । धेरै बेर सम्म नगराउनुहोस् ।

कपडा नखोली सुमसुम्याउनुहोस्

पार्टनरसँग ओछ्यानमा जाने बित्तिकै तुरुन्तै आफ्नो लुगा खोल्न आवश्यक छैन । सबै भन्दा पहिले कुरा गर्नुहोस् ।

केही समय पछि आफ्नो पार्टनरको अङ्गहरूलाई सुमसुम्याउनुहोस्, तर तुरुन्तै लुगा नखोल्नुहोस् । पछि, बिस्तारै लुगा खोल्नुहोस्, यसो गर्दा रोमान्टिक मुड बन्छ ।

आँखा बन्द गरेर महसुस गर्नुहोस्

जब तपाईं आफ्नो पार्टनरसँग हुनुहुन्छ, कोठामा मधुरो प्रकाश राख्नुहोस् । साथै आफ्नो आँखा बन्द गरी महसुस गर्नुहोस् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *