आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सर्यो

इन्भेष्टाेपेपर ।  भाद्र ३०, २०७९

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *