नबिलले ल्यायो नेपाल कै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

इन्भेष्टाेपेपर ।  भाद्र ३०, २०७९

काठमाण्डाैँ । राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा‘ स्किम बुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाकोे साथ अरु विशिष्ठ अतिथिहरुकोे उपस्थितिमा नबिल जेन अल्फाको सार्वजनिक भएको हो ।

बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने बताए । ‘मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्नको लागि एपले मद्दत गर्नेछ,’ पौड्यालले जानकारी दिए, ‘एप मार्फत् बच्चाहरुले सानो उमेरदेखि पैसाको महत्व बुझ्नेछन्।’

एप सार्वजनिक कार्यक्रममा सीईओ ढुङ्गानाले बालबालिकालाई वित्तीय साक्षरता सिकाउने उद्देश्यले जेन अल्फा बचत खाता बाल दिवसको अवसरमा सार्वजनिक गरिएको बताए । ‘घरमा रहेको खुत्रुकेमा बालबालिकाले राखेको पैसा जेन अल्फा मार्फत् डिजिटल खुत्रुकेमा राख्न सक्छन्,’ ढुङ्गानाले बताए, ‘बालबालिकाले यस एप मार्फत् खेल्दै पैसा बचत गर्न सिक्नेछन्।’

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता हो । अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् ।

बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

नेपाली रुपैयामा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोेरबाट डाउनलोड गर्न सकिनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *