बिना अनुमति डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन

इन्भेष्टाेपेपर ।  असाैज ५, २०७९

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले अनुमतिबिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न सूचना जारी गरेकाे छ।

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमतिबिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो। 

‘असोज ५ गतेबाट अनुमतिबिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ। नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *