नेपाल लाइफको कल सेन्टर दशैंको विदामा पनि संचालन हुने

इन्भेष्टाेपेपर ।  असाैज १५, २०७९

काठमाण्डाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि कम्पनी सम्वन्धि विभिन्न जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ ।

आदरणीय ग्राहक महानुभावहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा टेलिफाेन , इमेल, ह्वाट्सएप, भाइवर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नु हुनेछ । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *