पञ्चाङ्ग निर्णायक विकास समितिका लागि ७ जनाको दरबन्दी स्वीकृत

इन्भेष्टाेपेपर ।  कार्तिक १५, २०७९

काठमाडौं । नेपाल सरकारले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका लागि ७ जनाको दरबन्दी स्वीकृत गरेको छ ।

अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषद्ले समितिका लागि सातजनाको दरबन्दी कायम गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साल साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आएका हो ।

गठन आदेश कार्यान्वयनका लागि समितिमा सातजनाको दरबन्दी स्वीकृत भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयाे । जसअनुसार कार्यालय प्रमुखका रुपमा कार्यकारी निर्देशकले काम गर्ने उल्लेख छ । कार्यकारी निर्देशकले समितिको सदस्यसचिवका रुपमा समेत काम गर्ने व्यवस्था गठन आदेशमा छ ।

समितिमा पञ्चाङ्ग अधिकृत एक, वरिष्ठ कम्प्युटर सहायक (नायब सुब्बा) एक, प्रशासन सहायक (खरिदार) एक, लेखापाल (खरिदार) एक, कार्यालय सहयोगी र चालक एक/एक गरी ७ जनाको दरबन्दी कायम हुने भएको हो ।

गठन आदेशले तोकेका सबै काम गर्न यो जनशक्ति कम हुने भए पनि पहिलो चरणमा ७ जनाबाट काम शुरू गर्न लागिएको हो । समितिले विभिन्न पर्वहरूको साइत निकाल्ने लगायतका काम गर्दै आएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *