नेकपा (एमाले) को घोषणापत्र सार्वजनिक : २० कामकाे ग्यारेन्टी (पूर्णपाठसहित)

इन्भेष्टाेपेपर ।  कार्तिक १५, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलबार दिउँसो दरवारमार्ग स्थित याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

एमालेले सार्वजनिक गरेकाे घाेषणापत्रमा आफ्नो नेतृत्वमा आगामी सरकार बनेमा गर्ने २० वटा कामका ग्यारेन्टी प्रस्तुत गरेको छ । नेकपा एमालेले ५ लाख राेजगारी सृजना गर्ने तथा श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने प्रतिबद्धता गरेको छ । त्यस्तै दस हजार लिटर पानी नि:शुल्क बाँड्नेदेखि ५० युनिट बिजुली नि:शुल्क बाँड्ने कुरा पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

याे पनि पढनु हुन्छ कि ? काँग्रेसकाे घाेषणापत्र सार्वजनिक, के के छन त घाेषणापत्रमा ? (पूर्णपाठ हेर्नुहाेस्)

घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ । अहिले अध्यक्ष ओलीले घोषणा पत्रको मुख्य मुख्य अंशबारे व्याख्या गरिरहनु भएको छ । घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ ।

हेर्नुहाेस घाेषणापत्रकाे पूर्णपाठः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *