निर्वाचनकाे पर्यवेक्षणका लागि विदेशी पर्यवेक्षक आउने

इन्भेष्टाेपेपर ।  कार्तिक १९, २०७९

काठमाण्डाैँ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि विभिन्न मुलुकका मन्त्री, प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त आउने भएका छन् ।

मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनका लागि विदेशी पर्यवेक्षकहरू मङ्सिर २ गते नेपाल आउने कार्यक्रम छ ।  निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले भारत, जापान, दक्षिण कोरिया, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान र माल्दिभ्सलाई आसन्न निर्वाचनको पर्यवेक्षणका लागि निमन्त्रणा गरिएकोमा ती मुलुकहरूबाट ‘कन्फर्मेसन’ पत्र आइसकेको जानकारी दिनुभयो । 

जापानका परराष्ट्र राज्यमन्त्री तथा भारतका प्रमुख निर्वाचन आयुक्त निर्वाचन पर्यवेक्षणका लागि आउने बताउँदै सहायक प्रवक्ता भट्टराईले मुलुकभित्रको आन्तरिक समस्याका कारण पाकिस्तानबाट कुनै पनि प्रतिनिधि नआउने जानकारी प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार मङ्सिर २ गतेदेखि ६ गतेसम्मका लागि आयोगले पर्यवेक्षक आमन्त्रण गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *