सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

इन्भेष्टाेपेपर ।  कार्तिक १९, २०७९

काठमाणडाैँ । सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सनराईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा १८ गते शुक्रवारका दिन अलफ्ट होटल ठमेल काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरियो ।

साथै, आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *