आज अमेरिकामा मध्यावधि चुनाव हुँदै

इन्भेष्टाेपेपर ।  कार्तिक २२, २०७९

अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको दुई वर्षपछि हुने चुनावलाई मध्यावधि अर्थात् मध्यान्तर चुनाव भन्ने गरिएको छ।

यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ ठाउँमा चुनाव हुन लागेको हो । राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्त्वका साथ लिएका छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा हुनुहुन्छ । साथै, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि पर्नुभएको बीबीसीले जनाएको छ । अहिले अलास्का, इन्डियाना, केन्टुकी, लुजियाना, ओक्लोहामा, साउथ क्योरोलिनासहित १४ वटा राज्यमा रिपब्लिकन पार्टीको वर्चस्व छ।

क्यालिफोर्निया, इलिनोई, मेरिल्यान्ड, न्युयोर्कलगायत आठ वटा राज्यमा डेमोक्रेटिक पार्टीको पकड छ । राष्ट्रपति जो वाइडेनले प्रजातन्त्र जोगाउने आह्वानसहित चुनावमा भाग लिन अनुरोध गर्नुभएको छ। (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *