आर्थिक विकास र समृद्धिका लागि एमालेको सरकार : ईश्वर पोखरेल

इन्भेष्टाेपेपर ।  कार्तिक २६, २०७९

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा बागमती प्रदेशस्तरीय बृहत सहकारीकर्मी भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले औधोगिक क्षेत्र, राजमार्ग, अस्पताल लगायतका पूर्वाधारको निर्माणको थालनी एमालेलै गरेको बताउनुभयो ।

उहाँले अहिलेको मुख्य कार्यभार राजनीति स्थायित्व रहेकाले पनि राजनीतिक स्थायित्व नभई देश अघि बढ्न नसक्ने बताउनुभयो । राष्ट्रियहितको रक्षा, भ्रष्टचारको अन्त्य, सामाजिक सुरक्षा लगाएतका एजेण्डा एमालेको भएको उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको सरकार बनेपछि समृद्ध नेपाल सुखी नेपालीको नाराले साकार रुप लिने धारणा राख्नुभयो ।

यसैबीच, काठमाडौं महानगरपालिका ४ का काँग्रेसका स्थानीय नेता रमेश प्रजापति, आशिष महर्जन तथा माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिकाको वडा सदस्यका उम्मेदवार बनेका दिनेश श्रेष्ठ, राप्रपाका न्हूछे प्रजापति, जसपाका शिप पाण्डे, अंशु उपाध्याय र बिमला पाण्डे लगायत दर्जनौंलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *