चिनियाँ उपविदेशमन्त्री ली काठमाण्डौमा

इन्भेष्टाेपेपर ।  कार्तिक २६, २०७९

काठमाण्डौ  । चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाण्डौ आउनुभएको छ । राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन गएराति नेपाल आउनुभएको हो ।

पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नुहुनेछ । उहाँको भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक रुपमा जानकारी गराएको छैन ।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मुखैमा भएको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनमा सीपीसीको २०औँ महाधिवेशनपछि  बेइजिङबाट उच्च स्तरमा पहिलो भ्रमण भएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *