निरज काेइरालाद्वारा लिखित लघुकथा ‘बाको फोटो’ लोकार्पण

इन्भेष्टाेपेपर ।  कार्तिक २६, २०७९

इनरुवा ।  सुनसरीको इटहरी उपमहानगरपालिकामा लघुकथा सङ्ग्र्रह ‘बाको फोटो’ लोकार्पण भएको छ । लघुकथाकार निरज कोइरालाले लेख्नुभएको सो सङ्ग्र्रह प्राडा टङ्क न्यौपानेले लोकार्पण गर्नुभएको हो ।

अच्छा राई रसिक प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण कार्यक्रममा डा. रमेश घिमिरे, डा. तारा निरौला, इटहरी कला साहित्य उत्थानका सहअध्यक्ष कृष्णविनोद लम्साल, झोराहाट नाट्य अध्यक्ष भरत गुरागाइँ बर्बरिक, शिक्षक एवम् साहित्यकार रमेन्द्र कोइराला, विनोद विवशले शुभकामना व्यक्त गर्नुभयो । रचनाको विश्लेषण वरिष्ठ लघुकथाकार डा. खेमराज खनाल र अग्रज लघुकथाकार सरन राईले गर्नुभयो ।

विश्लेषक डा. खनालले समाजको विविध क्षेत्र समेटिएको ‘बाको फोटो’ले भाषा, संस्कृति, प्रकृति, वातावरण, शिक्षा, राजनीति, समाजलगायतको यथार्थता केलाउँदै समाज परिर्वतनको चित्रण गरिएको बताउनुभयो । 

लघुकथा वाचन तथा विश्लेषण समेत गरिएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरेले गर्नुभएको थियो । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *