दुःखद दुर्घटना : एयर शोका क्रममा दुई सैन्य विमान एकआपसमा ठोक्किए, ६ जनाको मृत्यु

इन्भेष्टाेपेपर ।  कार्तिक २७, २०७९

डलास । अमेरिकाको डलासमा अति दुःखद दुर्घटना भएको छ । एयर शोका क्रममा दुई सैन्य विमान एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । संघीय अधिकारीहरूले विमानहरू ठोक्किएपछि आकाशमा धुवाँको मुस्लो देखिएको बताए ।

फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले यस दुर्घटनामा डलासमा एयर शोका क्रममा दुई पुराना लडाकु विमान आपसमा ठोक्किएको पुष्टि गरेको छ । घटनाको जानकारी पाएलगत्तै आकस्मिक कर्मचारीहरू डलास विमानस्थलमा पुगेर उद्धार कार्यमा लागेका थिए।

संघीय उड्डयन प्रशासनले एक विज्ञप्तिमा बोइङ बी–१७ फ्लाइङ फोर्ट्रेस र बेल पी–६३ किङ्कोब्रा दिउँसो १ः२० बजे एक अर्कासँग ठोक्किएर दुर्घटनाग्रस्त भएको बताएको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ट्वीटरमा पोष्ट गरिएका धेरै भिडियोहरूले दुई विमानहरू तीव्र गतिमा अवतरण गर्नु अघि हावामा ठोक्किएको देखाइएको छ । विमानमा आगोको ज्वाला र धुवाँको मुस्लो आकाशमा उठिरहेको देखिन्छ । एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्डले हाल घटनाको अनुसन्धान गरिरहेको छ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *