नेपाल टेलिकमले ल्यायाे निर्वाचन अफर

इन्भेष्टाेपेपर ।  कार्तिक २७, २०७९

काठमाण्डाैँ । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ ।

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यो अफर आज (२०७९ कात्तिक २७) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *