साना साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

इन्भेष्टाेपेपर ।  मंसिर १०, २०७९

काठमाण्डाैँ । विगत डेढ दशक देखि मुक्तिनाथ विकास बैंक लि.ले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामिण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी ब्यक्तीहरुलाई प्राथमिकतामा राखि घरघरमा कर्जा वचतको कारोबार गर्दै उद्यमशिलता विकासमा योगदान दिँदै आएको छ ।

यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ्ग गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जिविकोपार्जनमा कठिन भएका ब्यक्तिहरुलाई कफी ब्यवसाय सम्बन्धी तालिम दिई ब्यवसायी बनाउँदै आएको कठमाण्डौ पुतलिसडकमा अबस्थित कफी सोलुसन प्रा.लि.र मुक्तिनाथ विकास बैंक लि. बिच एक कार्यक्रम माझ कफी ब्यवसाय संचालन गर्न चाहने ब्यक्तिहरुलाई ब्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

कफी सोलुसन प्रा.लि.ले कफी सम्बन्धी ब्यवसाय संचालन गर्न ईच्छुक ब्यक्तिहरुलाई छनौट गरी आवश्यक तालिमहरु दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्द्य गराउने छ भने कफी मेसिनको लागतको ५० प्रतिशत सम्मको लागत बराबरको रकम ब्यवसायीलाई विना धितो ऋण स्वरुप मुक्तिनाथ विकास बैंकले उपलब्ध गराउनेछ । ऋण लिएर ब्यवसाय सुरु गरि त्यही ब्यवसायबाट आर्जन गरेको रकमले ब्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने ब्यवस्था गरेको छ ।

यो कार्यबाट साना वर्गका ब्यवसायीहरुको दैनिक जिविकोपार्जन हुनुको साथै स्वःरोजगार श्रृजनामा सहयोग पुग्ने र भविष्यमा ठुला ब्यवसायीको रुपमा रुपान्तरित भई उद्यमशिलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा यसै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले लिनुभएको छ । यस्तै कफी सोलुसन प्रा.लि.का निर्देशक हरी रायमाझीले मुक्तिनाथ विकास बैंक लि. ले न्यून आय भएका वर्गका ब्यक्तिहरुलाई प्राथमिकता दिई आय आर्जन वृद्धि गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेलेको प्रति खुशी ब्यक्त गर्नुभएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *