फेसबुक मार्फत रविले गरे चुनावी खर्च सार्वजनिक, ‘कार्यकालभरी सम्मान, पुरस्कार, उपहार नलिने’
इन्भेष्टाेपेपर । मंसिर १०, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ बात नव निर्वाचित सांसद रवि लामिछानेले शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत चुनावी खर्च सार्वजनिक गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनकाे दाैरान ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ चुनावी खर्च भएको रवि लामिछानेले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत खर्च विवरण सार्वजनिक गर्दै यसमा पछिसम्मका लागि सोचेर खरीद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब भने नजोडिएको दावी गरेका छन् ।
त्यस्तै उनले कार्यकालभरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताएका छन् । प्रत्येक चार चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने तथा भाेज, भतेर, पारिवारक जमघटमा उपस्थित हुन नसके माफ गरिदिन पनि अपिल गरेका छन् ।साथै उनले आजदेखि खुसियाली मनाउने दिन सकिएको पनि बताएका छन् ।
उनकाे स्ट्याटस यस प्रकार रहेकाे छ ।

