विश्वकप फुटबलः नेदरल्यान्ड्स र अष्ट्रेलिया क्वार्टरफाइनलमा प्रवेश

इन्भेष्टाेपेपर ।  मंसिर १८, २०७९

काठमाडौं ।  कतारमा जारी विश्वकप फुटबल-२०२२ अन्तर्गत समूह ए काे नेदरल्यान्ड्स र समूह बि बाट अष्ट्रेलिया क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । यी दुइ देश बीचकाे क्वाटरफाइनल भिडन्त डिसेम्बर १० का दिन हुने छ ।

अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हाे । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलले हरायो । 

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले गोल गर्नुभयो । खेलकाे ७६औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।

यसैगरि अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गेको छ ।अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोलले हरायो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गाेल गर्नुभयो । अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएको थियो । अर्जेन्टिनाका लागि मेस्सीले सानदार प्रदर्शन गर्नुभयो ।

खेल जीवनको आफ्नो एक हजार खेलमा मेस्सीले ३५औं मिनेटमा अष्ट्रेलियाका रक्षकलाई छल्दै गोल गर्नुभएको थियो । पाँचौं पटक विश्वकप खेलिरहनु भएका मेस्सीको विश्वकपमा नवौं गोल हो । मेस्सी म्यान अफ दि म्याच समेत हुनुभयो । 

५७औं मिनेटमा जुलियन अल्भारेजले अष्ट्रेलियाका गोलरक्षकको हातबाट फुस्किएको बलमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । यता पहिलो हाफमा रक्षात्क प्रदर्शन गरेको अष्ट्रेलियाले खेलको ७७औं मिनटमा आत्मघाती गोल उपहार पायो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *