नेपाल एसबिआई मर्चेन्टको सातौँ वार्षिक साधारणसभा सम्पन्न
इन्भेष्टाेपेपर । मंसिर २०, २०७९
काठमाण्ठाैँ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. को सातौँ वार्षिक साधारणसभा मंसिर १९ गते नेपाल एसबिआई बैंक लि. को केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भयो ।
उक्त सभाले कम्पनीको आ.ब. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८÷७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गर्यो ।
उक्त साधारणसभाले आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
