थानेश्वर गाैतमकाे स्वरमा गजल “नजर जुद्धा खेरी” सार्वजनिक
इन्भेष्टाेपेपर । मंसिर २४ २०७९
काठमाण्डाैँ । काबु क्रियसनको प्रस्तुति, थानेश्वर गाैतम र सरू गाैतमकाे स्वरमा नयाँ गजल “नजर जुद्धा खेरी” सार्वजनिक भएकाे छ । यस गजलकाे सङ्गीत स्वयं थानेश्वर गाैतमले दिएका छन् ।
यस तजलमा प्रकाश किरणको शब्द रहेकाे छ भने पुष्प खड्का, रमेश चन्द साेडारी र स्मारिका ढकालको अभिनय रहेकाे छ । निर्देशन तथा काेरियाग्राफी रामजी लामिछानेकाे रहेकाे छ ।
