‘महिला अधिकारः मानवअधिकार’ विशेष अभियान प्रारम्भ

न्भेष्टाेपेपर ।  मंसिर २५ २०७९

काठमाडौँ ।  मानवअधिकार तथा शान्ति समाजले ‘महिला अधिकारः मानवअधिकार’ भन्ने उद्घोषसहित विशेष अभियान प्रारम्भ गरेको छ ।

समाजले ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै अभियानको थालनी गरेको हो । महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं महिला सशक्तीकरणमा केन्द्रित रही थालिएको यो अभियान निरन्तर चल्ने जनाइएको छ ।

अभियानअन्तर्गत शान्ति समाजका जिल्ला शाखाले शनिबार रुपन्देहीको वुटवल, चितवनको भरतपुर, पाल्पाको तानसेन, सल्यानको खलङ्गा, कैलालीको टीकापुर, मोरङको विराटनगर, अछामको मङ्गलसेन, सङ्खुवासभाको खाँदबारी, बागलुङ सदरमुकाम, नुवाकोटको बट्टार, महोत्तरीको जलेश्वर, बाँकेको नेपालगञ्ज, अर्घाखाँचीको सन्धिखर्क र झापाको धुलावारी गरी १४ स्थानमा प्रदर्शन गरेका थिए ।  शान्ति समाज काठमाडौँ र दाङ शाखाले अन्तक्र्रिया कार्यक्रम आयोजना गरेका थिए ।

‘महिला अधिकारः मानवअधिकार, व्यवहारमा चरितार्थ गरौँ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेको महासचिव रामकृष्ण बरालले जानकारी दिनुभयो । यसैगरी ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका सन्दर्भमा शान्ति समाजका सुर्खेत, गोरखा शाखाले पनि अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *