अपर तामाकोशीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष
इन्भेष्टाेपेपर । मंसिर २७ २०७९
काठमाण्डाैँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १:१ को अनुपातमा साबिकका शेयरधनीहरूलाई जारी गर्न लागेको प्रति शेयर रु.१००/- दरले हुने १०‚५९‚००‚००० कित्ता हकप्रद साधारण शेयरको हुने रकम रु १०‚५९‚००‚००‚०००/- (अक्षरेपी दश अर्ब उनान्साठ्ठी करोड मात्र) बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।
नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मिति २०७९ साल मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेकोछ ।
