अपर तामाकोशीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष

न्भेष्टाेपेपर ।  मंसिर २७ २०७९

काठमाण्डाैँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १:१ को अनुपातमा साबिकका शेयरधनीहरूलाई जारी गर्न लागेको प्रति शेयर रु.१००/- दरले हुने १०‚५९‚००‚००० कित्ता हकप्रद साधारण शेयरको हुने रकम रु १०‚५९‚००‚००‚०००/- (अक्षरेपी दश अर्ब उनान्साठ्ठी करोड मात्र) बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई  नियुक्त गरेको छ  ।

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मिति २०७९ साल मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेकोछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *