मुक्तिनाथ विकास बैंक “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित
इन्भेष्टाेपेपर । पुष ५, २०७९
काठमाणडाैँ । काठमाडौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स अवार्डस २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा तर्फबाट “सर्टिफिकेट अफ मेरिट” द्धारा सम्मानित भएको छ ।
दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले Best Presented Annual Report Award विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरु बाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरु लाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो।
विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट नेपाल बाट मुक्तिनाथ विकास बैंकले यो सम्मान प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गर्नुभएको थियो ।
वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने बैंकले जानाएको छ ।
