ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी

न्भेष्टाेपेपर ।  पुष ७, २०७९

काठमाण्डौ : ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि.बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि.का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार, ग्लोबल आइएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

कृषि व्यवसाय गरिरहेका ग्रामिण क्षेत्रका कृषकहरुलाई उद्यमी बनाउन पूँजी लगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकहरुलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्नेछ । बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *