सुनचाँदीको मूल्यमा लगातार बृद्धी, कतिमा हुँदैछ काराेबार ?

न्भेष्टाेपेपर ।  पुष ७, २०७९

काठमाण्डाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । 

हिजो प्रतितोला रु १ लाख १ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु १ लाख १ हजार ५ सय पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार कायम भएकाे छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु १ लाख ७ सयमा थियो ।     

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ५ले बढेर रु एक हजार ४ सय ५ पुगेको महासङ्घले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *