आहा रारा गाेल्डकपको उपाधि भीडन्त आज

न्भेष्टाेपेपर ।  पुष २३, २०७९

गण्डकी । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ ।     
     
यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सङ्कटाले फाइनलमा स्थान पक्का बनाएको थियो । बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग १–० को जित निकाल्दै भुटनिज युथ स्पोर्टस् फाइनलमा पुगेको हो ।     
     
साविक विजेता एपीएफलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको सङ्कटालाई विदेशी खेलाडीको भर छ । सङ्कटामा रहेका दुई क्यामरुनी फरवार्डरले एपीएफविरुद्ध समान दुई÷दुई गोल गरेका थिए । सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गर्नुभयो । उहाँले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताउनुभयो ।     
     
भुटनिज क्लब पनि उपाधि चुम्ने दाउसहित फाइनलमा उत्रदैँछ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै आएका दुवै टिमको फाइनल स्पर्धा रोचक हुने ठानिएको छ । गत १४ गतेदेखि सुरु भएको प्रतियोगितामा दस टिमको सहभागिता छ । प्रतियोगितका विजेताले रु। १२ लाख र उपविजेताले रु। छ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।     
     
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक विद्युतीय स्कुटर, उत्कृष्ट डिफेन्डर, फरवार्डर, गोलकिपर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही रु। २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको २२ औँ संस्करणका अवसरमा रु। ५० हजार पाँचको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *