शेयर बजार सम्बन्धि जनचेतना मुलक म्युजिक भिडियो सार्वजनिक
इन्भेष्टाेपेपर । पुष २३, २०७९
काठमाण्डाैँ । शेयर बजार सम्बन्धि जनचेतना मुलक गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।
“ शेयर बजार सिक्न लाई अघि बढौ हुन्न लजार, बुझ्नलाई अघि बढौ हुन्न लजार ” बोलको म्युजिक भिडियो सहितको गीत सार्वजनिक गरिएको छ । उक्त गीतले आम लगानीकर्ताहरुलाई धेरै भन्दा धेरै जानकारी प्राप्त हुने तथा लगानीकर्ताहरुलाई शेयर बजारका बारेमा सुचित हुन सहयोग पुग्ने अपेक्षा गरिएकाे छ ।
शेयर बजार सम्वन्धि प्रारम्भिक जानकारी दिन यस गीतले निकै मद्दत गरेकाे छ । बीचबीचमा र्याप समेत मिसिएकाेले राेचकता थप्नुका साथै बजारसम्वन्धि जानकारी लिने खुलदुली बढाएकाे छ । शेयर बजारसम्वन्धि तालीम दिने सस्थाहरूकाे राम्राे विज्ञापनसमेत गरिएकाे छ ।
यस गीतमा विन्दु काेइरालाका शव्दहरू रहेका छन् भने स्वर लाेकनाथ सापकाेटा तथा टिका पुनकाे रहेकाे छ । मदन खडकाकाे निर्देशनमा तयार भएकाे म्यूजिक भिडियाेकाे छायाँकन विकास ज्ञवालीले गर्नुभएकाे छ ।
