सुपर हेवा पावरले जारी गर्ने आईपीओकाे बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

न्भेष्टाेपेपर ।  पुष २७, २०७९

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटलसँग सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावरको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गर्नुभएकाे छ । 

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *