मुक्तिनाथ विकास बैंककाे सहयाेगमा “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” संचालन
इन्भेष्टाेपेपर । पुष २७, २०७९
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले १६औं वर्ष सफलतापुर्वक पुरा गरी १७औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै “मुक्तिनाथ आत्म निर्भर ग्रिन प्रोजेक्ट” अभियानको संचालन गरेको छ ।
यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको छ ।
दैनिकरुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको हो । यसबाट संस्थामा बस्नु हुने सदस्यहरुमा कृषिर फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ ।
