तीन जीवन बीमा कम्पनीहरू मर्जरमा जाने सहमति
इन्भेष्टाेपेपर । माघ २ २०७९
काठमाण्डाैँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भएकाे छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको उपस्थितीमा माघ १ गते भएको कार्यक्रममा गाभ्ने गाभिने सम्बन्धि अन्तिम सम्झौता सम्पन्न भएकाे हाे ।
प्राइम लाइफ इन्स्योरेन्स कं.लि., गुरांस लाइफ इन्स्योरेन्स कं. लि. र युनियन लाइफ इन्स्योरेन्स कं. लि. को १ः १ः १ शेयर अनुपात कायम गरिएको छ ।
मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।
कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको छ ।
