कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन सम्पन्न

न्भेष्टाेपेपर ।  माघ १, २०७९

काठमाण्डौ । हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको आज विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको विधिवत पूजा गरिएको छ  ।

विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री राजेन्द्र सिंह पंकजको विशेष पहलमा सम्पन्न उक्त शिला पूजन कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका तर्फबाट महासचिव जितेन्द्र कुमार सिंह, संगठन सचिव प्रल्हाद कुमार सहित स्थानीय कार्यकर्ता, जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णव, गण्डकी प्रदेश प्रमुख पृथ्वी गुरूङ्ग, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, नेपाली काँग्रेसका बरिष्ट नेता विमलेन्द्र निधि सहितको उपस्थिति रहेको थियो ।

कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ र पाँच फिट चौडाइका दुई थान शिलाको पहिचान गरिएको थियो । विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र कुमार सिंहले उक्त शालिग्राम बेनीबाट पोखरा, हेटौँडा हुदै जनकपुरधाम स्थिति जानकी मन्दिरलाई हस्तान्तरण गरिने र त्यहाँबाट अयोध्या लगिने बताउनुभयो ।

जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन तथा नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । ‘अयोध्याको आकर्षणको केन्द्र रामको मूर्ति बनाउन शिला लैजाने यस कार्यले अयोध्या, जनकपुर र मुक्तिनाथबीच पर्यटन प्रवर्द्धनमा कोसेढुंगा सावित हुनेछ ।’ महासचिव सिंहले बताए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *