गजल : तिलक सिंह पेलाकाे स्वर तथा संगीतमा ‘के लत बस्याे’ सार्वजनिक
इन्भेष्टाेपेपर । माघ ३ २०७९
काठमाण्डाैँ । नेपाली संगीत जगतमा एक कर्णप्रिय गजल के लत बस्याे सार्वजनिक भएकाे छ । अति साधारण परिवेशमा प्रस्तुति दिएका गायक तिलक सिंह पेलाले सबैकाे मन जित्न सफल भएका छन् ।
यस गजलका सर्जक डा. प्रदिप मैनालीकाे शव्द चयनकाे जति तारिफ गरेपनि कमै हुनेछ । यस गजलमा समेटिएका अद्भुत रचना, जादुमय स्वर, कर्णप्रिय संगित संयाेजनकाे त्रिवेणी एक भएर सलल बगिरहेकाे भान हुन्छ ।
यस गजलकाे एरेन्ज/ भिडीयो तथा रेकर्डिङ्ग रिदम कँडेलकाे रहेकाे छ । भिडियाे मिक्सिङ्गकाे काम महेश्वरमान राजभण्डारी सम्हालेका छन् । सारङ्गीकाे मिठाे धुन धर्म गन्धर्वकाे रहेकाे छ भने तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा नगेन्द्र बिक्रम राई तथा पियानोमा रिदम कँडेलकाे रहेकाे छ ।
